ललितपुर । नेपाली कांग्रेस प्रभावशाली युवा नेता मिन कृष्ण महर्जनको कमाण्डिङ्गमा गोदावरी नगरपालिकाका अधिकांश उम्मेदवार विजयी भई इतिहास रच्न सफल भएको छ ।
उपत्यकाकै ठूलो नगरपालिकाको रुपमा रहेको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले इतिहास रच्दै अधिकांश वडामा विजयी भएपछि एमाले ‘क्लीन स्वीप’ हुने अवस्थामा पुगेको हो ।
गोदावरी नगरपालिकाको १४ वडा मध्ये १ देखि १२ वडासम्म मतगणना गर्दा नेपाली कांग्रेसले १० वटा वडामा विजयी हासिल गरिसकेको छ भने माओवादीले वडा नं. ३ र ८ मा विजयी भएको छ ।
गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताउन पार्टीले युवा नेता मीन कृष्ण महर्जनलाई कमाण्डर तोकेको थियो । सोही अनुरुप कमाण्डरका जिम्मेवारी पाएका महर्जनले दिनरात नभनी कांग्रेसी उम्मेदवारहरुलाई जिताउन अहोरात्र खटेका कारण एमालेलाई पत्तासाफ पारी गोदावरी नगरपालिका कांग्रेसमय बनाउन सफल भएका छन् ।
दिनदुःखी, निमुखा, असहायहरुको सारथीको रुपमा परिचित नेका प्रभावशाली नेता महर्जनको गोदावरी नगरपालिकामा प्रभाव पार्ने नेताको रुपमा परिचित छन् । गएको २०७४ सालको स्थानीय निर्वाचनमा पनि महर्जनको अग्रसरताले मेयर, उपमेयरलगायत थुप्रै वडाहरुमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
गोदावरी नगरपालिकाका अधिकांश वडाहरुमा कांग्रेसले विजय हासिल गरिसकेको छ भने मेयर गजेन्द्र महर्जन र मुना अधिकारी पनि विजयी हुने पक्कापक्की भइसकेको छ ।
गोदावरी नगरपालिकाको मत परिणामलाई हेर्ने हो भने बाँकी रहेको १३ र १४ नम्बर वडामा पनि कांग्रेसकै उम्मेदवार विजयी हुने सम्भावना बढी रहेको छ । गएको स्थानीय निर्वाचनमा एमालेले वडा नं. २, ३, १० र १३ मा विजयी हासिल गरेको थियो । एमालेको झिनो आस अब ‘क्लीन स्वीप’ हुनबाट जोगिन १३ नम्बर वडा मात्र रहेको छ ।