कांग्रेस युवा नेता नवीन्द्रदेवको महालक्ष्मी नगरपालिकाको मेयरमा चर्चा

24k Shares

ललितपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्थानीय तहमा वडाअध्यक्ष, सदस्यदेखि लिएर मेयरको दावी गर्नेहरु बढ्दै आइरहेको छन् ।
ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरका लागि भने नेपाली कांग्रेसका युवा नेता महालक्ष्मी नगर उद्योग वाणिज्य संघका अध्यक्ष नविन्द्रदेव सिंहको नाम चर्चामा आएको छ ।


कांग्रेसले आफ्ना उम्मेदवार छान्न लागिरहेकै बेला ललितपुरको महालक्ष्मी महानगरपालिका प्रमुखमा युवा नेता नवीन्द्रदेव सिंहले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
नेपाल तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका सिंहले स्थानीय तहको निर्वाचनमा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने जानकारी गराएका छन् ।
आफूले पार्टीमा गरेको योगदानको कदर गर्दै कांग्रेस नेतृत्वले आफूलाई मेयरको टिकट दिनेमा आशावादी रहेको उनको भनाइ छ । नेता सिंहलाई स्थानीय युवा र कांग्रेसका नेता कार्यकर्ताले मेयरको टिकट लिएर उम्मेदवार बन्न दबाबसमेत दिएका छन् । मेयरमा कांग्रेसबाट उम्मेदवारका लागि सिफारिस हुनेमा आफू ढुक्क रहेको सिंहले खोजतलासलाई बताए ।
सिंह महालक्ष्मी उद्योग वाणिज्य संघ र महालक्ष्मी युवा क्लप तथा लुभु ज्यापु ग्रुपको पनि अध्यक्ष हुन् । उनी महालक्ष्मी नगरपालिकाभित्रका बिपन्न परिवार दिनदुःखी गरिब परिवार कुनै समस्या परेको समयमा नेता सिंहलाई सम्झिने गर्छन् । त्यसैले उनी स्थानीयस्तरमा लोकप्रिय नेताको रुपमा पनि परिचित छन् ।
विगतमा खेलाडी पृष्ठभूमिका सिंह एक समय किकबक्सिङका उदीयमान खेलाडीसमेत हुन् । कांग्रेस कार्यकर्ताहरूको दवावपछि उनी मेयरका लागि तयारीमा जुटेका हुन् । सिंह राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष तथा नेपाली कांग्रेस लोकप्रिय युवा नेता मीनकृष्ण महर्जनका शिष्य पनि हुन् ।
नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु शंकर भण्डारी, मोहन बस्नेत र मदनबहादुर अमात्य, उर्मिला नेपाल केसी, जितजंग बस्नेत, बागमती प्रदेश सभापति इन्द्र बाँनियाँलगायतले सिंहलाई मेयरमा अगाडि सार्नुपर्ने मत राख्दै आइरहेका छन् ।

सम्बन्धित समाचार