काठमाडौं । नेपाल स्त्रेन्थ लिफ्टिङ्ग संघको नेपालभर विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेशमा यसको विस्तार गत चैत २३ गते गरेको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख अथितिमा लुम्बिनी प्रदेशको सिद्धार्थ नगरस्थित होटल आगनमा नेपाल स्त्रेन्थ लिफ्टिङ्ग संघको विधिवतरुपमा विस्तार गरिएको हो ।
नेपाल स्त्रेन्थ लिफ्टिङ्ग संघका केन्द्रीय महासचिवको अध्यक्षतामा लुम्बिनी प्रदेश संघ गठन गरी देशभर विस्तारित गर्ने लक्ष्यका साथ लागिरहेको सो कार्यक्रमको अध्यक्षता गरेका गिरीले खोजतलासलाई जानकारी गराएका छन् भने विशेष अतिथिमा लुम्बिनी प्रदेश खेलकुद परिषद्का कोषध्यक्ष कोशिस बहादुर खड्का रहनुभएको थियो ।

नवराज डुम्रेको अध्यक्षतामा लुम्बिनी प्रदेश नेपाल स्त्रेन्थ लिफ्टीङ्ग संघमा उपाध्यक्ष सन्दिप कोइराला, द्वितीय उपाधयक्ष आशिष कुमार श्रेष्ठ, सचिव निपु श्रेष्ठ, कोषाध्यष विकास गुरुङ, सह—कोषाध्यक्षमा मैना डुम्रे रहनु भएको छ भने सदस्यहरुमा पूजा क्षेत्री, रबिना कुवर, प्रज्ञान रत्न केसी, राजेश हमाल, रत्नराज थापामगर, उमेश गौतम, चुडामणि गौतम, यम कुमार गुरुङ, भुपाल गुरुङ, मानिस कार्की र तारा बाहदुर थापा क्षेत्री रहेको छन् ।