19.4k
Shares
एजेन्सी । भारतमा गत चौबीस घण्टामा सात सय ४० जना कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ४९ हजार तीन सय १० जना नयाँ संक्रमित फेला परेका छन् । यो संख्या एकैदिन देखिएकोमा अहिलेसम्मकै उच्च हो ।
भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार ६ सय एक पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म १२ लाख ८७ हजार नौ सय ४५ जनामा कोरोनाको संक्रमण देखिएको छ । बीबीसी