सुनको मूल्यकाे एक लाख तीन हजार रुपैयाँ

16.8k Shares

काठमाडौँ, २३ फागुन । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । 

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा  कारोबार भएको थियो । 
यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ ताेकिएकाे छ । चाँदीको मूल्य पनि प्रतिताेलामा १० रुपैयाँको दरले बढेको छ  । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार