ललितपुरको ग्वार्कोमा स्कुटरको ठक्करबाट बालिकाको मृत्यु

16.5k Shares

ललितपुर, २० फागुन । ललितपुरको ग्वार्कोमा बिहीबार बेलुकी स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा रौतहट घर भई ललितपुरकै बालकुमारी बस्ने ६ वर्षीया अनुस्का जैसवाल रहेकी छिन् । 

बिहीबार बेलुकी ७ बजे पैदल हिडिरहेकी उनलाई नम्बर नखुलेको स्कुटरले ठक्कर दिएको प्रहरीले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा राती पौने १२ बजे मृत्यु भएको हो । 

दुर्घटना पश्चात् फरार भएका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी प्रभाग मंगलबजारले जनाएको छ ।

सम्बन्धित समाचार