युक्रेनबाट पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानिया जाँदै नेपाली

15.5k Shares

काठमाडौं, १५ फागुन  । युक्रेनमा रहेका नेपालीले उक्त देश छोड्ने क्रम सुरु भएको छ । जर्मनीको वर्लिनस्थित नेपाली दूतावासका अनुसार सीमा जोडिएका पोल्यान्ड, स्लोभाकिया, हंगेरी र रोमानियामा नेपाली गइरहेका छन् । 

दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा १५ नेपाली पोल्यान्डमा, ३ स्लोभाकियामा, २ हंगेरीमा र १ नेपाली रोमानियामा प्रवेश गरेका उल्लेख छ । 

२३ नेपाली स्लोभाकिया र २ जना रोमानिया जान बाटोमा रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ । 

युक्रेनमा रहेका २२५ जना नेपालीहरु सम्पर्कमा आएको र सबै सुरक्षित रहेको दूतावासले जनाएको छ ।

सम्बन्धित समाचार