सिन्धुपाल्चोकमा कांग्रेसमा प्रवेश गर्नेको लर्को, जनताको सेवा गरेर नथाक्ने नेताको परिचय दिँदै बस्नेत

19.7k Shares

सन्धुपाल्चोक । आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी जनताको सेवाका लागि सधैं लागिपरिहने नेताका रुपमा आफ्नो परिचय दिन सफल बनेका छन् नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री मोेहन बहादुर बस्नेत ।


मुलुकमा विनासकारी भूकम्पको बेला होस्, चाहे दैविक प्रकोपको बेला सबै भन्दा पहिलो आफै स्वयम् उपस्थित भई पीडितहरुलाई सहयोग गर्दै आइरहेका बस्नेतले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको बेला पनि आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी पहिला जनता बचाऔं, त्यसपछि राजनीति गरौंला भन्ने नारासहित आफू अस्वस्थ रहेको अवस्थामा पनि सिन्धुपाल्चोकको विभिन्न ठाउँमा गई जनतालाई सेवा गर्दै आइरहेका छन् । बस्नेतले जनतालाई दैविप्रकोपदेखि लिएर हरेक समस्या पर्दा खाद्यान्न, स्वास्थ्य सामाग्रीलगायत आवश्यक सामान लिएर सबैभन्दा पहिला उपस्थित भई जनताको सेवा गर्ने नेताको रुपमा बस्नेतलाई लिने गरेको सिन्धुपाल्चोक जिल्लाका स्थानीयले बताउने गरेका छन् । जनतालाई परेको समस्या, पीरमर्कामा सधैं बस्नेतले मल्हम लगाउँदै आइरहेको स्थानीयहरुले खुलेरै बताउँछन् ।


जनताको सेवा गरेर नथाक्ने बस्नेतको जनता लक्षित कार्यक्रमबाट प्रभावित बनेकाहरु विभिन्न पार्टी परित्या गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेको पछिल्लो समय सिन्धुपाल्चोकमा लर्को नै लाग्ने गरेको छ । सोही क्रममा नेपाली कांग्रेस प्रभावशाली नेता, पूर्व मन्त्री तथा सिन्धुपाल्चोक जिल्लाकै अभिभावकका रुपमा रहेका मोहन बहादुर बस्नेतले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा १ सय २५ जनालाई नेपाली कांग्रेसमा प्रवेस गराएका छन् ।
सो पार्टी प्रवेश कार्यक्रममा उपस्थित भोटेकोशी गाउँपालिकाभरीका जनतालाई स्वास्थ्य सामाग्री समेत वितरण गरेका थिए ।


सो पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा खेलकुद विभाग सचिव मीन कृष्ण महर्जनलगायत जिल्लाका नेताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार