खुकुरी प्रहार गरी दुईजनाको हत्या

17.9k Shares

सिन्धुपाल्चोक,  २४ माघ । बलेफी गाउँपालिका–७, माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ ।

आइतबार साँझ सो स्थानका विजय तामाङले मादकपदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनले घटनाको थप अनुसन्धान भइरहेको बताए । रासस

सम्बन्धित समाचार