गण्डकीमा गठबन्धनका ६ जनप्रतिनिधिको मत एमालेलाई

14.5k Shares

पोखरा । राष्ट्रियसभा निर्वाचनमा मंगलबार बिहान मतदान गर्न पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आइपुगे । उनको दल नेकपा एमाले राष्ट्रियसभाका तीन क्लष्टरमा पाँच दलीय गठबन्धनसँग एक्लै भिड्दै थियो । एमालेको आफ्नो मतभार गठबन्धनको भन्दा ६९६ ले कम थियो ।

त्यैपनि गुरुङ भन्दै थिए, “गठबन्धनमा एकले अर्कालाई शंका पनि गर्ने, विश्वास नगरी पनि नहुने अप्ठ्यारो ठाउँमा उहाँहरु हुनुहुन्छ । यसले पनि केही न केही संकेत गर्दछ । मलाई लाग्दछ, जति भोट जो जससँग छ, केही न केही फेरबदल हुन्छ ।”

उनले भनेझैँ गरि ३ बजे सकिएको मतदानको परिणाम फेरिएर आयो । एक्लो एमालेसँग २७ जना प्रदेश सांसदको एक हजार २९६ र ७० जना स्थानीय तहका जनप्रतिनिधिको एक हजार २६० गरि कुल २ हजार ५५६ मतभार मात्रै थियो ।

गठबन्धनसँग चाहिँ ९८ स्थानीय तहको एक हजार ७६४ सय र ३१ प्रदेशसभा सदस्यको एक हजार ४८८ गरि ३ हजार २५२ मतभार थियो । एक स्वतन्त्र सांसदलाई नगन्दा पनि गठबन्धन स्पष्ट रुपमा एमालेसँग ६९६ मतभार अगाडि रहेको गणित थियो ।


सम्बन्धित समाचार