ओमिक्रोन कडा नभए पनि संक्रमण दर तीव्र: डब्लुएचओ

20.4k Shares

काठमाडौँ । नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ ।

केहि दिन अघि नेपाली मिडियामा आएको एक समाचारमा भएको तथ्य सत्य नभएको पनि उसले बताएको छ ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालिन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले ओमिक्रोनको भाइरसको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने बताए ।

खोप नलगाएका, खोप लगाएपनि दीर्घ रोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहेको उनले बताए । भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने र संक्रामक हुने सम्भावना रहेको उनले बताए ।

अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिने तर्फ सबै सजग हुनुपर्ने उनले बताए ।

डा. आलिसान गोकोतानोले भाइरसको संक्रमणलाई रोक्न र धेरैमा फैलन नदिन खोपले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सबैले खोप लगाउनुपर्ने बताए ।

खोप लगाएका व्यक्तिमा ओमिक्रोनको संक्रमणको असर पनि कम देखिएकोले सबैलाई खोप लगाउन उनले आग्रह गरे ।

सम्बन्धित समाचार