थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

20.2k Shares

काठमाडौं, १२ माघ । पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ४३३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको मन्त्रालयले जनाएको छ। 

सम्बन्धित समाचार