ज्येष्ठ नागरिक दिवस : सम्मान, हेरचाह र अधिकारको बहस

268 Shares

काठमाण्डौ – ‘दीर्घायुको युग : दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने मूल नाराका साथ आज ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

राष्ट्रसङ्घ महासभाले सन् १९९० डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा घोषणा गरेपछि सन् १९९१ देखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले शुभकामना सन्देश दिंदै ज्येष्ठ नागरिक ज्ञान, अनुभव, सीप र संस्कारका महत्वपूर्ण स्रोत भएकाले उहाँहरूको सम्मान, हेरचाह र अधिकार सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

बदलिँदो पारिवारिक संरचना र आधुनिक जीवनशैलीका कारण ज्येष्ठ नागरिकमा स्वास्थ्य, सामाजिक सुरक्षा र एक्लोपनाका चुनौती बढ्दै गएको भन्दै मन्त्रालयले उहाँहरूको मर्यादित र सुरक्षित जीवनका लागि काम गर्ने जनाएको छ ।

यस्तै, असोज १० गतेको बाढी तथा पहिरोमा ज्यान गुमाएका ज्येष्ठ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा निरन्तर काम गर्ने प्रतिबद्धता मन्त्रालयले जनाएको छ ।

संविधानले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ ।

सम्बन्धित समाचार