एकैदिन तोलामा २ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति रुपैयाँमा हुँदैछ कारोबार ?

819 Shares

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा सुन प्रतितोला २ हजार १०० रुपैयाँ महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार प्रतितोला ४ हजार ७७५ रुपैयाँ रहेको चाँदी आज तोलामा २० रुपैयाँ बढेर ४ हजार ७९५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार