दिनेश महर्जन
डायनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोक ललितपुरको १८ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन २०८३ साल असोस ३ गते शनिबार सम्पन्न भयो । संस्थाका अध्यक्ष पुष्प प्रसाद श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।
आर्थिक वर्ष २०८२÷०८३ को बार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८३÷०८४ को लागि प्रस्तावित कार्य योजना, आर्थिक वर्ष ०८२÷०८३ को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष ०८३÷८४ को अनुमानित आयव्यय विवरण, लेखा सुपरीवेक्षण समितिको आर्थिक वर्ष २०८२÷०८३ को प्रतिवेदन संस्थाका सचिव नरेन्द्र शाक्य र लेखा सुपरीवेक्षण समितिका संयोजक शंकर प्रसाद श्रेष्ठले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरुका साथै सो साधारण सभामा विषयगत अध्यक्ष राजेन्द्र शाक्य तथा सदस्य सुरेन्द्र शाक्यले आ—आफ्नो धारणाल राखेका थिए ।
साथै, संस्थाको १८ औं बार्षिक साधारण सभाका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष पुष्पप्रसाद श्रेष्ठले देशमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको वर्तमान अवस्था र यस डायनामिक साकोसको भावी रणनीति तथा कार्य योजना बारे प्रकाश पारेका थिए । साथै, यस संस्था वागमती प्रदेश वचत तथा ऋण सहकारी संस्था लिमिटेड (बागमती प्रोस्कुन) ले संचालन गरेको COSIS (Cooperatives Self-regulation program for Organizational Sustainability and Institunalized Services) ‘कोशिस’ कार्यक्रममा आवद्ध भई संस्था संचालनको लागि प्राप्त स्वःनियमहरुको अवलम्बन गरिरहेको जानकारी गराएका थिए ।
यस १८ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनमा संचालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नयाँ पदाधिकारी एवम् सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । सात सदस्यीय संचालक समितिमा पुष्प प्रसाद श्रेष्ठ, रवि शंकर श्रेष्ठ, शंकर प्रसाद श्रेष्ठ, यशोदा श्रेष्ठ क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष र सदस्यहरुमा नरेन्द्र शाक्य, शिव श्रेष्ठ, निर्मल कुमार बराल, रेखा श्रेष्ठ र विशाल शाक्य निर्विरोध निर्वाचित भएका छन् ।