1.4k
Shares
काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक दुवैतर्फ पूर्ण रूपमा सञ्चालनमा आएको छ। माथिबाट खसेको लेदोका कारण शुक्रबार बिहान केही समय उक्त सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडकमा जम्मा भएको लेदो पन्छाएर बिहान ९:१५ बजेदेखि यातायातका साधन दुवैतर्फ सहज रूपमा सञ्चालन गराइएको हो। सडक खुला भएसँगै रोकिएका सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लागेका छन्।