आगलागीमा परी तीन बालबालिकाको मृत्यु

15.5k Shares

भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले आगलागीमा परी एक बालिका र दुई बालकको मृत्यु भएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । रासस

सम्बन्धित समाचार