790
Shares
काठमाडौं । आज बसेको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेले बोलाएको बैठकले सभामुखमार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताए ।
उनले भने, ‘सबै राजनीतिक दलहरुको प्रतिनिधत्व हुने गरी एक हप्ताभित्र संयन्त्र गठनका लागि सभामुखलाई आग्रह गर्ने सहमति जुटेको छ ।’
शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भयो । हालको कानून अनुसार १२ वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा हाल बाढीमा बेपत्ता भएकाहरुको इन्स्योरेन्स लगायतका सुविधा प्रभावित हुने देखिएको छ ।