नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’

14.5k Shares

काठमाडौँ, ९ माघ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आज (आइतबार)को नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन् । उनले भने, ‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ ।’
डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको सहप्रवक्ता डा.अधिकारीले बताएका छन् । देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ ।

सम्बन्धित समाचार