रूपन्देही । रुकुमपश्चिमको सानीभेरीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
आइतबार बिहान भएको दुर्घटनामा चालक र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले जनाएका छन्। मृतकको पहिचान भइसकेको छैन ।
उनका अनुसार दुर्घटनामा परी थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् । दुर्घटनामा वडा सदस्य वलबहादुर पुन सहित ९ जना घाइते भएको खबर छ ।
आइतबार बिहान ८ बजे सानीभेरी गाउँपालिका–६ कोट बाट खलंगा जाँदै गरेको लु१च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेतसम्म लैजान पालिकाले खर्च बेहोर्ने गरी हेलिकप्टर व्यवस्था गरिदिन आग्रह गरिएको छ ।