श्रीमान आशुतोषको अभद्रता, अश्लील र आपत्तिजनक भाषाप्रति विपनाको चिन्ता, दिइन् यस्तो प्रष्टीकरण

616 Shares

काठमाडौँ। अभिनेत्री विपना थापाले आफ्ना भारतीय पति आशुतोष भारद्वाजले पछिल्लो समय सामाजिक सञ्जालमा प्रयोग गर्दै आएको अभद्र, अश्लील र आपत्तिजनक भाषाप्रति गम्भीर चिन्ता र आपत्ति जनाउँदै स्पष्टीकरण दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक भावुक स्टाटस सार्वजनिक गर्दै उनले श्रीमानले लेखेका कुराहरूको आफ्नो परिवारसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन् ।
आफ्ना पतिले सामाजिक सञ्जालमा पोस्ट गरेका सामग्री तथा सार्वजनिक भएका अडिओहरूमा अश्लीलता र अभद्रताको सीमा पार भएको भन्दै उनले त्यसले कुनै पनि सभ्य व्यक्तिको शिर झुकाउने उल्लेख गरेकी छन् । पति आशुतोषले आफूलाई मात्र नभई सुख(दुःखमा सधैँ साथ दिने र सहयोग गर्ने हितैषीहरूलाई समेत अत्यन्तै आपत्तिजनक तरिकाले निशाना बनाएको उनले दुखेसो छ ।
उनले लेखेकी छन्, ञविगत केही समयदेखि यस्ता शर्मनाक हर्कतका कारण म, मेरा बच्चा र परिवारका सदस्यहरू मानसिक रूपमा प्रताडित भइरहेका थियौँ र अवस्था सुध्रिने आसमा धेरै कुरा चुपचाप सहेको थिएँ ।झ
सामाजिक सञ्जालमा पतिले बोलेका वा लेखेका कुनै पनि आपत्तिजनक कुराहरूसँग आफ्नो वा आफ्नो परिवारको कुनै लेनादेना नरहेको र त्यस्ता कुरालाई आफूहरूले कत्ति पनि समर्थन नगर्ने उनले स्पष्ट पारेकी छन् ।
यस गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै पतिलाई यस समस्याबाट बाहिर निकाल्न र सामान्य जीवनमा फर्काउनका लागि आवश्यक उपचार तथा पुनर्स्थापना (रिह्याबिलिटेसन) को प्रक्रिया सुरु गरिएको थापाले जानकारी दिएकी छन् ।
पतिको हर्कतका कारण चित्त दुखेका तथा आहत भएका सबैसँग उनले माफी मागेकी छन्। साथै, समस्या झन् बढ्न सक्ने भएकाले त्यस्ता विवादास्पद पोस्ट, अडियो वा स्क्रिनसटहरू अगाडि सेयर नगरिदिन र यस कठिन समयमा परिवारको गोपनीयताको सम्मान गरिदिन उनले सबैसँग विनम्र आग्रह गरेकी छन् ।
विपनाले भारतीय नागरिक डा। आशुतोष भारद्वाजसँग विवाह गरेकी थिइन् र उनीहरूको एक छोरा छन् ।

सम्बन्धित समाचार