बहराइन ८७ रनमा अलआउट

181 Shares

 काठमाडौँ। तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कप अन्तर्गत नेपालले बहराइनसँग प्रतिस्पर्धा गरिरहेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा जारी खेलमा बहराइनले नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।
एकदिवसीय क्रिकेटमा पहिलोपटक नेपालसँग भिडेको बहराइनले टस हारेर ब्याटिङ थाल्दै ३६।२ ओभरमा ८७ रनमा अलआउट भयो।
उसका लागि फियाज अहमदले १५, मुहम्मद वसिमले १३ रन तथा अली दाउदले रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बहराइनको इनिङ्स ध्वस्त पार्न कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए। १० ओभरमा ४ मेडेन फ्याँक्दै उनले १४ रनमात्रै खर्चिए। ललित राजवंशीले तीन तथा करण केसीले दुई सफलता हात पारे ।

सम्बन्धित समाचार