732
Shares
काठमाडौं । मंगलबार सुनको मूल्य ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेर ३ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।