हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

732 Shares

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या आरोपमा स्थानीय १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका छन्। घरमै मृत फेला परेका कटवालको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले कार्कीलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा मदिरा सेवनपछि भएको विवादमा रिसको आवेगमा कार्कीले चक्कु प्रहार गरी कटवालको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ मा ४६ वर्षीय तोईबहादुर कटवालको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा १९ वर्षीय रोशन भुवनसिंह कार्की पक्राउ परेका छन्। मदिरा सेवनपछिको विवादमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सम्बन्धित समाचार