कोरोनाले चुनौती थपेको भन्दै नियन्त्रणमा सहयोग गर्न प्रधानमन्त्रीको आग्रह

16.2k Shares

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनस्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षिन हुन अनुरोध गरेका छन् ।

सरकार गठनको ६ महिना पुगेको अवसरमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले  सुरक्षा मापदण्डको इमानदार रूपमा पालना गर्न अनुरोध गरेका छन् ।  बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयबाट सम्बोधन गर्दै उनले भने, 'जनस्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षित बनेर कोरोना नियन्त्रणमा सरकारलाई सहयोग गर्न अनुरोध गर्दछु ।'

नयाँ स्वरुपको कोरोनाले चुनौती थपेको भन्दै उनले यसलाई नियन्त्रण गर्न सबैले सरकारलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार