काठमाण्डाै – ग्लोबल आइएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन् ।
नागरिक एप प्रयोगकर्ताहरूले ग्लोबल आईएमई बैंकमा खाता खोल्नका लागि आवश्यक पर्ने क्यूआर कोड यहाँ क्लिक गरी पाउन सकिन्छ ।
नागरिक एपमार्फत् खोलिएको खाता सञ्चालनका लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसीमार्फत प्रमाणीकरण गर्नुपर्ने बैंकले जनाएकाे छ ।
नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने बैंककाे विश्वास छ ।