गोलभेडा खेतीमा विषादी प्रयोग, जनस्वास्थ्यमा प्रभाव

848 Shares

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ५ र ६ अन्तर्गतका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा भइरहेको गोलभेडा खेतीमा विषादीको प्रयोगले प्रत्यक्षरुपमा जनस्वास्थ्यमा प्रभाव पार्ने भएका कारण स्थानीयमा चिन्ता बढ्न थालेको छ ।
विषादीको मात्रा, प्रयोगको विधि तथा बाली टिप्नुअघि आवश्यक प्रतीक्षा अवधि पालना भए वा नभएको विषयमा सम्बन्धित निकायले प्रभावकारी अनुगमन गरिरहेको  छ कि छैन भन्ने प्रश्न आम जनमानसमा उठिरहेको छ।
विषादीको जथाभावी वा मापदण्डविपरीत प्रयोग भइरहेको छ भने त्यसले किसान, उपभोक्ता, वातावरण तथा जनमानसको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पार्न सक्छ। त्यसैले यस विषयलाई गम्भीर रूपमा लिई सम्बन्धित निकायको प्राविधिक निकायमार्फत् नियमित अनुगमन, विषादी अवशेष परीक्षण, किसानलाई सुरक्षित प्रयोगसम्बन्धी सचेतना गराउनुपर्ने देखिन्छ ।
सुरक्षित कृषि उत्पादन र नागरिकको स्वास्थ्य संरक्षणका लागि गोदावरी नगरपालिकाले यस विषयमा आवश्यक पहल गरी आम नागरिकलाई जगाभावी विषादी प्रयोग भएको छ कि छैन, छ भने त्यसलाई कसरी निवारण गर्न सकिन्छ भन्ने बारे गोदावरी नगरपालिका वडा नं. ५ र ६ का स्थानीयको गुनासो रहे्को छ । 

सम्बन्धित समाचार