काठमाडौं– नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ ।
यस नयाँ योजनाअन्तर्गत अब बजाज मोटरसाइकल किन्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा उपलब्ध हुनेछ ।
यस व्यवस्थासँगै मासिक किस्ता (इएमआई) घट्ने भएकाले पहिलो पटक मोटरसाइकल खरिद गर्ने ग्राहकका लागि बजाजको स्वामित्व अझ सहज बन्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस योजनामा ऋणको अवधि मात्र बढाइएको छैन, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ ।
यो सुविधा प्लाटिना १००इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलमा लागू हुने कम्पनीले जनाएको छ । नयाँ फाइनान्सिङ व्यवस्थाअनुसार प्लाटिना १००इएस मा मासिक किस्ता करिब ३,२५५ रुपैयाँबाट घटेर २,१२४ रुपैयाँ पुगेको छ भने ग्राहकले हरेक महिना करिब १,१३१ रुपैयाँ बचत गर्न सक्नेछन् ।
त्यस्तै, डोमिनार ४०० मा मासिक किस्ता करिब ८,२२७ बाट घटेर ५,३७० रुपैयाँमा झरेको छ, जसले मासिक करिब २,८५७ रुपैयाँसम्म बचत हुने कम्पनीले जनाएको छ ।
यसैगरी, पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २००एनएस, पल्सर एन२५० तथा एनएस४००जेड लगायत सम्पूर्ण मोडेलमा पनि मासिक किस्ता घटाइएको कम्पनीले जनाएको छ ।