मोटरसाइकल र स्कुटर चोरीका घटना बढ्दै

123 Shares

काठमाडौं । पछिल्लो समय उपत्यकामा मोटरसाइकल र स्कुटरको चोरीका घटना बढेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानबाट चोरी भइ फेला परेका ५१ वटा मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
सोमबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमबीच प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले पछिल्लो एक महिनामा फेला परेका ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।
मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा हराउने वा चोरी हुने गरेको पाइएको ट्राफिक प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन उनको सुझाव छ ।
सवारी साधन चोरी हुनबाट जोगाउन प्रविधिको प्रयोग गर्न एन्टि(लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याकरजस्ता प्रविधि प्रयोग गर्न ट्राफिकको आग्रह छ ।

सम्बन्धित समाचार