काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

1.5k Shares

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।

आत्मदाहको प्रयास गरेका ४५ वर्षीय आश्विन राउतलाई अहिले वीर अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र अवस्था गम्भीर छ।

आफ्नै घरको भान्सा कोठामा आगो लगाएका राउतलाई तत्काल उद्धार गरेर वीर अस्पताल पुर्‍याएको प्रहरीले बताएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 

सम्बन्धित समाचार