विश्व । अस्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले फिफा विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ । सन् २०१० पछि स्पेनले नकआउट चरणमा जित हात पारेको हो । गएराति भएको खेलमा मिकेल ओयाजाबालले दुई गोल गरेसँगै स्पेनले अस्ट्रियामाथि सहज जित निकाल्यो । पेड्रो पोरोले एक गोल गरे ।
स्पेनका ओयाजाबाल सर्वाधिक गोल गर्नेमा छैटौँ स्थानमा उक्लेका छन् । फ्रान्सका कप्तान किलियन एमबाप्पे र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले समान ६ गोल गर्दा नर्वेका एर्लिङ हालान्ड र इङ्ल्यान्डका कप्तान ह्यारी केनले ५–५ गोल गरेका छन् ।
स्पेनले अब अन्तिम १६ मा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग खेल्नेछ । यस्तै गएरातिको खेलमा स्पेनका गोलकिपर उनाई सिमोनले फिफा विश्वकपमा लगातार धेरै समयसम्म गोल नखाई नयाँ कीर्तिमान बनाएका छन् ।