आज पनि सुनचाँदीको भाउ घट्यो

3.5k Shares

काठमाण्डौ - आज पनि सुनचाँदीको भाउ घटेको छ । 

अस्ति सोमबारयता सुनचाँदीको भाउ लगातार घटेको हो । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि हिजो सुनको भाउ तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले र सोमबार तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढेको थियो । 

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको छ । भाउ घटेर चाँदी आज तोलाको ४ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलामा २५ रुपैयाँ र अस्ति १५ रुपैयाँले घटेको थियो । 

आइतबार चाँदी तोलाको ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित समाचार