विश्वकप फुटबलको नकआउट चरण पुग्ने सबै टोली र खेल तालिका

268 Shares

काठमाण्डौ - फिफा विश्वकप फुटबलमा आज समूह ‘जे’ का दुई खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै ३२ वटै टोलीको टुङ्गो लागेको छ । 

राउन्ड अफ–३२ को समीकरण पूरा भएको हो । पहिलो पटक ४८ देश सहभागी यो प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम ३२ मा पुग्न सफल भयो । 

नकआउट चरणको पहिलो खेलमा आज मध्यराति पौने १ बजे दक्षिण अफ्रिका र क्यानडाले खेल्दैछन् ।

नकआउट चरणको खेल तालिका

असार १५ गते सोमबार, बिहान ००:४५ बजे : दक्षिण अफ्रिका र क्यानडा

असार १५ गते सोमबार, बेलुका २२:४५ बजे : ब्राजिल र जापान

असार १६ गते मंगलबार, बिहान ०२:१५ बजे : जर्मनी र पाराग्वे

असार १६ गते मंगलबार, बिहान ०६:४५ बजे : नेदरल्यान्ड्स र मोरक्को

असार १६ गते, मंगलबार, बेलुका २२:४५ बजे : आइभरी कोस्ट र नर्वे

असार १७ गते बुधबार, बिहान ०२:४५ बजे : फ्रान्स र स्विडेन

असार १७ गते बुधबार, बिहान ०६:४५ बजे : मेक्सिको र इक्वेडर

असार १७ गते बुधबार, बेलुका २१:४५ बजे : इङ्ग्ल्यान्ड र डीआर कङ्गो

असार १८ गते बिहीबार, बिहान ०१:४५ बजे : बेल्जियम र सेनेगल

असार १८ गते बिहीबार, बिहान ०५:४५ बजे: अमेरिका र बोस्निया एण्ड हर्जेगोभिना

असार १९ गते शुक्रबार, बिहान ००:४५ बजे: स्पेन र अस्ट्रिया

असार १९ गते शुक्रबार, बिहान ०४:४५ बजे : पोर्चुगल र क्रोएसिया

असार १९ गते शुक्रबार, बिहान ०८:४५ बजे : स्विट्जरल्यान्ड र अल्जेरिया

असार १९ गते शुक्रबार, बेलुका २३:४५ बजे : अष्ट्रेलिया र इजिप्ट

असार २० गते शनिबार, बिहान ०३:४५ बजे : अर्जेन्टिना र केब भेर्डे

असार २० गते शनिबार, बिहान ०७:१५ बजे : कोलम्बिया र घाना

सम्बन्धित समाचार