६० औँ मिनेटमा छिरेका मेसीले फ्रि-किक गोल गर्दै रचे नयाँ कीर्तिमान

210 Shares

डालस । लियोनल मेसीले बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरेर अर्को नयाँ कीर्तिमान बनाउँदा अर्जेन्टिनाले विश्वकपमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। डालसमा भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३(१ को गोलअन्तरले सहजै पराजित गर्‍यो ।
अर्जेन्टिना यसअघि नै समूह ‘जे’ को विजेता बनिसकेकाले मेसीलाई सुरुमा बेन्चमा राखिएको थियो । खेलको ६०औं मिनेटमा उनी मैदान प्रवेश गर्दा दर्शकदीर्घाबाट स्वागतमा ठूलो हुटिङ भयो। मैदान छिरेको २० मिनेटपछि खेल सकिन १० मिनेट बाँकी छँदा मेसीले लो फ्रि(किकमार्फत उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता फराकिलो बनाए ।
यो गोलसँगै मेसीले यस प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल संख्या ६ पुर्‍याएका छन् । उनी गोल्डेन बुटको दौडमा आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा दुई गोलले अगाडि छन् । साथै, यो उनको करियरको १९ औँ विश्वकप गोल हो, जसले उनको आफ्नै कीर्तिमानलाई अझ सुदृढ बनाएको छ।
यस गोलसँगै पूर्व बार्सिलोना फरवार्ड मेसी लगातार सातवटा विश्वकप खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । उनले २०२२ को विश्वकपको अन्तिम चरणमा ९अस्ट्रेलिया, नेदरल्यान्ड्स, क्रोएसिया र फ्रान्० विरुद्धका खेलमा लगातार गोल गरेका थिए । २०२६ को सुरुवाती खेलहरू ९अल्जेरिया, अस्ट्रिया र जोर्डन० विरुद्ध लगातार गोल गरेर यो नयाँ कीर्तिमान बनाएका हुन् ।

यसअघि यो रेकर्ड संयुक्त रूपमा फ्रान्सका जस्ट फोंटेन ९१९५८ मा ६ खेलमा० र ब्राजिलका जाइरजिन्हो ९१९७० मा ६ खेलमा० को नाममा थियो । जस्ट फोंटेन लेउ १९५८ को एकै टुर्नामेन्टमा ६ खेलमा १३ गोल गरेका थिए । एउटै विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान अहिलेसम्म उनकै नाममा छ । जाइरजिन्हो ले १९७० को विजेता ब्राजिल टिमका लागि सबै ६ खेलमा गोल गरेका थिए । मेसीले भने दुई प्रतियोगितामा गरी ६ गोल लगातार हानेका हुन् ।

मेसीको प्रदर्शनको प्रशंसा गर्दै इङ्ल्यान्डका पूर्व मिडफिल्डर ड्यानी मर्फीले बीबीसी वनमा भने, ‘उनी साँच्चिकै अविश्वसनीय छन् । उनले खेलमा तत्काल प्रभाव पार्छन् । उनी निकै चतुर र प्रतिभाशाली छन् । उनलाई आफ्नो वरिपरि के भइरहेको छ भन्ने राम्रो ज्ञान हुन्छ । उनलाई खेल्दै गरेको हेर्नु नै एउटा अहोभाग्य हो ।’
यसअघि, धेरै परिवर्तन गरिएको अर्जेन्टिनी टोलीका लागि पूर्व टोटनह्याम मिडफिल्डर जियोभानी लो सेल्सोले उत्कृष्ट फ्रि(किकमार्फत सुरुवाती गोल गरेका थिए । त्यसपछि स्ट्राइकर लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए । मार्कोस सेनेसीलाई डिबक्स भित्र टाउकोमा प्रहार भएपछि रेफ्रीले मोनिटर हेरेर अर्जेन्टिनालाई पेनाल्टी दिएका थिए ।
अर्जेन्टिनाको नियन्त्रणमा खेल रहे पनि जोर्डनले संघर्ष जारी राख्यो र दोस्रो हाफको १० औं मिनेटमा एक उत्कृष्ट गोल गर्दै अन्तर कम गर्‍यो । जोर्डनका मौसा अल तामारीले एहसान हदादको पासलाई गोलमा परिणत गरेका थिए ।
तर, मेसी मैदान छिरेपछि डालस स्टेडियममा उपस्थित समर्थकहरूको उत्साह चुलिएको थियो । मेसीले बल छुँदा मात्र पनि दर्शकहरूमा छुट्टै उमङ्ग देखिन्थ्यो र उनले गोल गर्दै समर्थकहरूलाई खुसी तुल्याए ।

सम्बन्धित समाचार