इनर्वा गाउँबाट तस्करी

10k Shares

बिरगंज ।  पर्साको इनर्वा गाउँ स्थित नाकाबाट केही दिन यता तस्करी धन्दा शुरू भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले बारम्बार सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रण गर्नका लागि निर्देशन दिएपनि इनर्वा गाउँबाट भने तस्करी धन्दा रोकिएको छैन ।

हेर्दा सामान्य प्रहरी चौकी लागे पनि यो नाकाबाट केही दिन यताबाट ठूलो मात्रामा तस्करीको काम चलिरहेको छ । यहाँबाट दैनिक १५ देखि २० जनाको समूहले भन्सार छलि गरेर तस्करीको कारोबार गरिरहेका छन् । यो नाकाबाट तस्करीको कारोबार गर्नेहरूमा शेखावत, सरिता, रंगीला ठाकुर, बिगानी, मुन्ना, प्रमुख छन् । यी कारोबारीहरूले कपडाको ठूलो तस्करी गर्दै आइरहेका छन् । यिनीहरू बाहेक उमेश नाम गरेका कारोबारीले भारतबाट  मरेको माछाको ठूलो कारोबार गरिरहेका छन् भने बिजयले  हार्डवेयरको ठूलो कारोबार गरिरहेका छन् । साथै मुन्ना नामका व्यापारीले टेन्टको सामानको ठूलो कारोबार गरिरहेका छन् । इनर्वा गाउँबाट दैनिक पचास लाख बढीको लत्ताकपडा, किराना , हार्डवेयर, माछा लगायतका सामानको तस्करी हुदै आइरहेको छ । जसको कारण राज्यले दैनिक लाखौं राजश्व गुमाउँदै आइरहेको छ । स्थानीय प्रहरी चौकी इनर्वा गाउँमा असई संजय यादव प्रमुखको रूपमा कार्यरत छन् भने सशस्त्र प्रहरी बलको प्रस्तावित भन्सार गुल्म नै रहेको छ । गुल्मको प्रमुखको रूपमा डिएसपी  राई कार्यरत छन् । तर पनि यहाँबाट हुने चोरी तस्करी नियन्त्रण हुन सकेको छैन ।

तस्करी भएको बिषयमा नेपाल प्रहरीका एसपी गौतम मिश्रसँग जिज्ञासा राख्दा उनले आंफुले तस्करी नियन्त्रणका लागि बारम्बार निर्देशन दिएको र अझै निगरानी गर्ने बताए ।

सम्बन्धित समाचार