326
Shares
काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारी गाडी आयात भएका हुन् । ११ महिनाको अवधिमा पाँच अर्ब ६५ करोड बराबरका ५० किलोवाट क्षमताका तीन हजार ६८० वटा विद्युतीय गाडी आयात भएका छन् ।
यस्तै १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका ६ हजार ३५७ वटा विद्युतीय गाडी भित्रिएका छन् ।