कङ्गोलाई हराउँदै कोलम्बिया विश्वकपको अन्तिम ३२ मा

3.4k Shares

काठमाण्डौ - कोलम्बियाले आज बिहान समूह ‘के’अन्तर्गत कङ्गोलाई १–० गोलले हराउँदै एक खेल बाँकी रहँदै फिफा विश्वकपको अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। 

कोलम्बियाका लागि निर्णायक गोल डानियल मुनोजले गरे । खेलको ७६औँ मिनेटमा जुआन क्विन्टेरोको पासमा डानियल मुनोजले गोल गरे । उक्त गोल नै निर्णायक हुँदा कोलम्बियालाई महत्त्वपूर्ण जित दिलायो ।

यो जितसँगै कोलम्बियाले दुई खेलबाट ६ अङ्क जोडेको छ । अब कोलम्बियाले समूह चरणको अन्तिम खेलमा पोर्चुगलको सामना गर्नेछन् । पोर्चुगलले यसअघि हिजो राति उज्बेकिस्तानलाई ५–० गोलले पराजित गरेको थियो । 

कङ्गो भने दुई खेलबाट १ अङ्कमै सीमित रह्यो ।

सम्बन्धित समाचार