819
Shares
काठमाण्डौ – उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अरू ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दिवास नगरपालिकाका ५५ बर्षीय विमलेस दत्तको ज्यान गएको हो ।
महोत्तरीबाट सुनसरी तर्फ गुडिरहेको दिप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको हो । बसमा स्कूलका स्टाफ रहेका थिए । बस अनियन्त्रित भएर सडकबाट तल झरेको र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भिर घाइते दुई जनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ ।