जंगलमा मानव कंकाल फेला

20.9k Shares

बागलुङ । रुकुमसँगको सिमानामा पर्ने पातीहाल्ने जंगलमा मानव कंकाल फेला परेकाे छ । हड्डी मात्रै रहेको शव शुक्रबार साँझ स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयको जानकारीपछि इलाका प्रहरी कार्यालय बुर्तिवाङदेखि खटिएको प्रहरी निरीक्षक राजेश शर्मा अधिकारीको टोलीले जंगलमा पुगेर हाड्डी मात्रै रहेको शव संकलन गरेको छ । शव कुहिएको अवस्थामा रहेकाले महिला वा पुरुष भन्ने समेत पहिचान नभएको भएकाे छैन । शव भेटेपछि प्रहरीले स्थानीयहरूलाई कोही व्यक्ति हराएको भएमा प्रहरीमा खबर गर्नसमेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार