चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

558 Shares

काठमाण्डाै – राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको समितिको बैठकमा सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रमा देखिएका समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, अदुवा, कफीलगायत अन्य नगदेबालीको मूल्य निर्धारण तथा बजार व्यवस्थापन प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

सभापति पौडेलले नगदेबाली उत्पादन गर्ने किसानले उचित मूल्य र सुनिश्चित बजार नपाएको भन्दै यी बालीहरूको व्यवस्थित बजार प्रणाली विकास गर्न आवश्यक कानूनी व्यवस्था गर्नसमेत सरकारसमक्ष आग्रह गर्नुभयो ।

सम्बन्धित समाचार