877
Shares
काठमाण्डौ – फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् । भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाैने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।
विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोभिनासँग एक/एक गोलको बराबरी खेलेको छ ।
आयोजक अमेरिकाले भने विजयी शुरुआत गरेको छ । लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई ४–१ गोलले हराएको हो ।
घरेलु भूमिमा ३२ वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरुआत गरेको हो ।