शेयर बजार ८ अङ्कले घट्याे, काराेबार रकम ४ अर्ब पनि पुगेन

906 Shares

काठमाण्डाै – चार कारोबार दिनपछि हिजो बढेको शेयर बजार आज फेरि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १४ अङ्कले घटेर २ हजार ७२८ दशमलव ०३ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकामा फाइनान्स समूहको सूचक झन्डै डेढ प्रतिशतले ओरालो लागेको छ ।

आज १७९ वटा कम्पनीका शेयर घटेकामा ८१ वटाका बढेका छन् । यस्तै १३ वटा कम्पनीका शेयर भने घटबढ भएका छैनन् ।

आज सप्तकोशी डेभलपमेन्टको शेयर साढे १३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सोपान फर्मास्युटिकल्स, एपोलो हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेका छन् ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब २९ करोडको कारोबार भएकोमा आज ३५० वटा कम्पनीका ९२ लाख ३१ हजार कित्ता शेयर ३ अर्ब ९० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार