शेयर बजार २२ अङ्कले बढ्याे, फाइनान्स समूह ६ प्रतिशतले उकालाे लाग्याे

906 Shares

काठमाण्डाै – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव २१ अङ्कले बढेर २ हजार ७७७ दशमलव ५८ विन्दुमा पुगेको छ ।

आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढेकामा फाइनान्स समूहको सूचक ६ प्रतिशत, अन्य समूहको सूचक ३ दशमलव ८४ प्रतिशतले उकालो लागेको छ ।

आज १८४ वटा कम्पनीका शेयर बढेकामा ७७ वटाका घटेका छन् । यस्तै १० वटा कम्पनीको शेयर भने घटबढ भएका छैनन् ।

आज कालिञ्चोक हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नबिल बैंकको डिबेन्चर २०८५ साढे ४ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ३४६ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित समाचार