विद्युत् खपतमा मूल्य अभिवृद्धि कर अनुचित : कुलमान घिसिङ

1.1k Shares

काठमाण्डौ – उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कडा विरोध गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हितविपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानको विरुद्ध पनि रहेको बताउनुभएको छ ।

खाना पकाउने र पानी तताउने जस्ता घरायसी कामका लागि विद्युत् प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने उहाँको भनाइ छ । घिसिङले विद्युत महसुललाई उपभोक्तामैत्री बनाउँदै लैजान र लगाइएको ५ प्रतिशत कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।  

सम्बन्धित समाचार