देशभरबाट १४ जना उत्कृष्ट किसान जनही २ लाख रुपैयाँसहित पुरस्कृत

1.3k Shares

काठमाण्डाै – सरकारले देशभरबाट १४ जना उत्कृष्ट किसानलाई सम्मानसहित राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले जनही २ लाख रुपैयाँ पुरस्कारसहित उत्कृष्ट १४ जना किसानलाई सम्मान गर्नुभएको हो ।

सम्मानित हुने किसानहरू प्रदेशगत रूपमा देशभरबाट छनोट गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । कार्यक्रममा सम्मानित किसानले राज्यबाट प्राप्त सम्मानले कृषि पेशामा थप ऊर्जा, उत्साह र मनोबल बढाएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।

सम्बन्धित समाचार