आज पनि विभिन्न ठाउँमा मध्यमसम्मको पानी पर्ने : सुदूरपश्चिम र लुम्बिनीको तराई भागमा उच्च गर्मी

993 Shares

काठमाण्डौ - गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा भएको छ । गएको १२ घण्टामा सबैभन्दा धेरै कास्कीमा ५७ मिलिमिटर वर्षा मापन भएको छ । पानी पर्नुअघि हिजो देशैभर गर्मी अत्यधिक बढेको थियो । हिजो सबैभन्दा धेरै नेपालगञ्ज, धनगढी र दिपायलमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा पनि माथि पुग्यो । लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन प्रभावित बन्दै गएको छ । 

मौसम पूर्वानुमान महाशाखाले आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ । साथै मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै आज देशका धेरैजसो ठाउँमा बदली भई पानी पर्ने पनि विभागले जनाएको छ । 

 

सम्बन्धित समाचार