एनआईएमबीका सीईओ पक्राउप्रति बैंकिङ क्षेत्रका छाता संगठनको विरोध

1k Shares

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउको विषयमा बैंकिङ क्षेत्रका छाता संगठनले विरोध जनाएका छन् । बिहीबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै एनआईएमबीका सीईको पक्राउको सन्दर्भमा ध्यानाकर्षण भएको जनाएका हुन् ।

‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जन विश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको प्रक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने हुन्छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

बैंकको साख तथा प्रमुख कार्यकारी अधिकृत जस्तो पदको गरिमालाई समेत मध्यनजर गर्दै ‘सुन अनि थुन’ को सिद्धान्तमा रही आवश्यक अनुसन्धान गर्नुपर्ने भएमा पाण्डेलाई यथाशीघ्र थुनाबाट बाहिरै राखेर अनुसन्धान प्रकृया अघि बढाउन संगठनहरूले माग गरेका छन् ।669196963_836279452395530_2849810920089561169_n.jpg

सम्बन्धित समाचार