सुकुम्बासीका लाश बाग्मतिमा बगुन या काेठा भित्रै आत्महत्या गरुन हामीलाई शहर सफा र सुन्दर चाँहिन्छ ?

1.5k Shares

डी.बी.नेपाली

बि.स. २०४४ तिरकाे कुरा जुन कहिलै डिलिट ( Delete) नहुने गरेर मन मश्तिष्कमा टाँसिएर बसेकाे छ र केही घटनाहरु घटित हुँदा त्याे कुराले घच्घच्याउछ ? वर्तमान नेपालकाे राजनीतिक,सामाजिक एवं धार्मिक र जातीय अवस्था,व्यवस्ता या वातावरणकाे कुनै बिदेशी विश्वविद्यालयकाे बिशेषज्ञकाे र विद्वानकाे चाेक्टाे बाेकेका विज्ञ् र विशेषज्ञ कहलिनेहलरुले एउटा सामान्य र साधारण जनताकाे, उसले बर्षाैं देखि बेहाेर्दै र भाेग्दै आएकाे वास्तविकता ( Reality )काे इतिहास अहिलेसम्म कसैले काेर्ने आँट गरेकाे पनि देखिन्न र गर्ने क्षमता राख्दैन । भगवानले त गरिबलाई गरिबी वाहेक अहिलेसम्म छप्पर फाडेर सिन्काे पनि दिएकाे देखिन्न , भेटिन्न भने सत्ताकाे लागि आफ्नै दाजुभाइकाे हत्या गर्ने इतिहासले के ज्ञान दिन सक्छ र ?

 नेपालकाे इतिहाँसमा नेपाल एकिकरणकाे अवस्थालाई छाेडेर त्यसपछिकाे इतिहासका पाना जति पटक पल्टाएर हेरे पनि सत्ता कब्जाकाे लागि हत्या हिंसा वाहेक अरु केही भेटिन्न सिवाय जनता भेडा बाख्रा जस्तै सत्तामा बस्नेहरुले जस्ताे चाह्याे उस्तै चलाएकाे नै देखिन्छ । धेरै पर नगएर केवल ०७ साल पछिकाे ७५/७६ बर्षकाे नेपालकाे राजनीतिक इतिहासकाे पाना साधारण जनताले काेर्ने हाे भने गरिबलाई चैन छैन ऐन मात्रै छ । ०७ सालदेखि ०८३ सालसम्म आइ पुग्दाकाे देश र आम जनताकाे अवश्थाकाे बहुतै सरल र सटिक वर्णन मैले माथि भन्न खाेजेकाे घटनाले छर्लङ्ग पार्छ । कुरा ०४४ सालतिरकाे हाे म र मेराे एउटा इन्डिया साथी भारतकाे हिमाचल प्रदेशकाे कुल्लु जिल्लाकाे ढालपुर भन्ने ठाँउबाट तल झरेर पैदल कुल्लु बजार तिर जाँदै गर्दा तल खाेलाकाे बजारमा रहेकाे एउटा माेटर ग्यारेजकाे मैदानमा सयाैं कारहरु लहरै पार्किङ्ग गरेर राखिएका थिए हाम्राे अगाडी एकजना साधारण नागरिक ती कार गन्दै हिडिरहेकाे थियाे उसले भन्दै गरेकाे थियाे एक कार दुइ कार तीन कार ..... उसले कार गनेकाे त हामीलाई खासै मतलव थिएन तर उसकाे अन्तिम शब्दकाे आवाज हामी दुबै जनाकाे कानमासम्म मात्रै हाेइन कता कता भित्र हृदयसम्म नै पुग्याे ,हामीले एक अर्कालाई हेर्याैं र गरिबकाे कसैले पनि मेटाउन नसक्ने पीडा कसरी छल्किदाे रहेछ ? उसकाे अन्तिम शब्द थियाे "एक कार दुइ कार.........मेरे जैसाैं के लिए सब वेकार" नेपालकाे ०७ साल पछिकाे कथित प्रजातन्त्र ,लाेकतन्त्र ,गणतन्त्र हुँदै जेन्जीतनत्रसम्म आइ पुग्दा, सत्तामा पुगे पछि बाघ पल्टिने र शक्ति हातमा आउदा साथ आफुले जेगरे पनि सही हुने र अरुलाई गलत सावित गर्न संविधान,नीति नियम र कानुनलाई पेलेले फुटबल खेलाए जस्तै खेल्ने खेल यथावत छ ।

सत्ता परिवर्तनकाे नाममा नेपालकाे राजनीतिमा नायक सिनेमाका हिराे अनिल कपुरकाे अवतार हुन्छ । सेना ,प्रहरी,मानवअधिकारवादी,मिडिया, पत्रकार,एकदुइ नगन्य व्यक्ति बाहेक सारा जनता , समाज,राजनीति,दल सबका सब परिवर्तनलाई गान्धीका बन्दर जस्तै एउटा सिम्बल जस्तै नहेर,नसुन र नबाेलकाे लाचार अवस्थामा देखिन्छन् । भनाै त्याे ग्यारेजमा थन्काएका कार जस्तै बेकार छन् ? कर्मचारी संगठन,विद्यार्थी संगठनमा अंकुश लगाएकाे नीजि पत्रपत्रिकालाई विज्ञापनमा राेक,नीजी अस्तालले उपचारमा सरकारले गर्ने आर्थिक सहयाेग नपाउने, स्कुल कलेजलाई लिदैआएकाे शुल्कमा सरकारले त अंकुश लगायाे तर हाल ती स्कुल कलेजले बिभिन्न बहानामा झन बढी शुल्क उठाएका घटनाहरु बाेकेर अविभागले शिकायत गरेकाे सर्व विदित नै छ ।

लिपु लेखमा सेना मुक दर्शक बन्छ तर सुकुमवासीलाई पत्र काट्छ । के सेनाकाे काम आफ्नु सिमाकाे रक्षा नगरेर जनता हटाउने हाे ? सुकुमवासी वस्तीमा डाेजर चलाएकाे र हाल ताेकिएका सेन्टरहरुमा सुकुमवासीकाे मानसिक अवस्था र अस्तव्यस्त दैनिकीकाे खबर, भिडियाे खिच्न पाइन्न,उनिहरुकाे राेधन सुनाउन, देखाउन पाइन्न केवल सरकारकाे वाहवाही गरेकाे समाचार र भिडियाे जथाभावी अनियन्त्रित रुपमा प्रचार गर्न छुट छ । सरकारले नराेके ,नगाली गरेपनि घण्टी हल्लाउनेहरु जनताकाे वास्तविक पीडा र वेदनामा सचेत गराउन खाेज्जेलाई अनेकन अश्लिल गाली र ज्यान मार्ने धम्की समेत दिने गरेकाे देखिन्छ । यस्ता घटना सरकारलाई असफल पार्न फेक आइडीबाट कसैले देशमा माहाैल विगार्न गरेकाे हाे भने फेक आइडी चलाउन नपाउने गर न सरकारख ? बिभिन्न संगठन माथि प्रतिबन्ध लगाउन सक्ने सरकारले याे साइबर अपराध राेक्न किन सक्दैन । यसकाे एउटै कारण हुन सक्छ सबैभन्दा बढी फेसबुक, युट्युब,टिकटक,इन्टाग्राम,रिल,स्टाेरी चलाउनेहरु केही क्षण मै पुरानाे सरकारलाई कवाडीमा पनि बिक्न नसक्ने गरेर वर्तमान जेन्जी सरकार स्थापना गर्नेहरु नै छन् । केही जेन्जी जसले "बाघ गयाे सुद्दी आयाे" भने जस्तै राष्ट्र दनदनी जलेकाे सरकार,सेना,प्रहरीले टुलुटुलु बसेर हेरेकाे देखे पछि बल्ल थाश पाए र यस्ताे नगर्न आग्रह गरे तर तिर कमानबाट निस्की सके राेक्न सक्ने कसकाे आँट ? वर्तमान जेन्जी सरकारले जेन्जी र उनिहरुकाे गतिविधी बारे अन्तर्राष्ट्रिय स्तरमा गरेकाे व्याखा नेपालमा सतप्रतिशत सही साबित भएकाे देखिन्छ ।

जेन्जी ( Gen-Z ) भनेकाे ११/२५ आयु समुहलाई भनिएकाे छ र उसले आफ्नु कम्फर्टकाे लाग जुन हदसम्म पनि जान सक्छ भन्ने छ । याे कुरा वर्तमान चुट्कीमा परिवर्तित नेपालकाे सामाजिक,राजनीतिक,धार्मिक र जातीय आदि कुराकाे कुम्लाे बाेकेर अनुभवहीन र सस्ताे पपुलिस्ट सिस्टम बसाल्न खाेजीएकाे जस्तै देखिन्छ ।हेर्दा वर्तमान सरकारले जेजति काम कार्वाही गरेकाे छ ती सबै गर्नै पर्ने थियाे तर तपाइ कतै पुग्नकाे लागि हवामा उडेर त हुन्न पहले सही बाटाे खाेज्न जरुरी हुन्छ हाेला ?

अर्काे नेपालमा जति पनि,कर्मचारी ,बिद्यार्थी ,मजदुर,ब्यापारी संगठन छन् उनिहरु कुनै दलका विशेष भएकाेमा कसैकाे दुइमत छैन तर संगठन नहुने हाे भने उनिहरुका जायज माग र अधिकार कसले उठाउछ । अमेरिकाकाे सिकागाेका मजलुरले आफुमाथि हुने दमन ,अन्याय ,अत्याचार र हक अधिकारकाे लागि संगठित भएर नउठेकाे भए संसारका मजदुरले आज सिमित मात्रा मै भए पनि जति अधिकार पाएका छन् त्याे संगठन विना सम्भव थियाे ? चर्काे शुल्क र बिद्यार्थी माथि गरिने भेदभाव केहीहदसम्म कन्ट्राेल गर्न सम्भव थियाे ? कर्मचारी संगठन नभएकाे भए माथिल्ला कर्मचारद्वारा तल्लाे दर्जाका कर्मचारीहरु माथि गरिने अपमानजनक व्यबहार थाेर‌ै मात्रामा भए पनि समाधान हुन सक्थ्याे त ?राजनीतिक विचार मिल्ने व्यक्तिहरु संगठित नहुने हाे भने दलहरु भनाैं या पार्टीहरुकाे अस्तित्व कायम रहन सक्छ त ?

 संगठित शक्ति विना या संगठन विनाकाे राजनीतक दल,कर्मचारी,मजदुर,बिद्यार्थीहरुकाे अवस्था अहिलेसम्म पनि सिकागाे आन्दाेलन भन्दा पहिले कै अवस्थामा नै हुन्थ्याे ? संगठन किन आवश्य हुँदाै रहेछ भन्ने कुरा जब म ०२८ सालमा भारतकाे काला पहाड पुगेर १३/१४ बर्षकाे उमेरमा पढ्दै गर्दा मैले स्वयं देखे भाेगेका केही घटनाहरु पनि यहाँ वर्णन गर्नै पर्ने जस्ताे देखिन्छ । भारतकाे हालकाे उत्तराखण्ड र हिमाचलकाे काला पहाडमा मजदुरी गर्न जाने मजदुरहरुकाे कस्ताे वेहाल थियाे ,भारत सरकार कै निकायमा काम गर्ने नेपाली मजदुरहरुकाे बहसत वेहाल थियाे काम गर्याे गर्याे काम सकिए धेरैले मजदुरी नपाउने । उत्तराखण्डमा काम गर्ने मजदुरलाई भारत सरकारले नै महीनाैंसम्म काम गराएर तलब नदिए पछि खान लाउन नै मुश्किल भएकाे वेला बिजयपुरका अग्र बहादुर शाही,जुम्लाका लक्ष्मीचन्द महत्त सहीत केही साथीअरु मिलेर बहुत ठुलाे मजदुर आन्दाेलन गरे तत्कालिन प्रम इन्दिरा गान्धी स्वयं आएर पीडित मजदुरहरुले तलब पाउने आस्वासन पछि त्याे आन्दाेलन साम्य भयाे भने यस्तै हिमाचलकाे वाङ्तु भन्ने ठाँउमा मजदुरकाे तलब अति न्युन र कामकाे ग्यारेन्टी नभएकाे कारण र महंगी बढेकाे तर मजदुरकाे तलब १५/२० बर्ष पहिले कै र मजदुरकाे बस्ने व्यवस्था पनि काक गराउने निकायले उचित नगरेकाे बिरुद्ध कालीबहादुर शाही,गणेशबहादुर शाही हंसराज रावल आदि मिलेर मजुरकाे तलब बढाउनु पर्ने, वस्ने व्यवस्था पनि गर्नु पर्ने माग राखेर २६ दिनसम्म नारा,जुलुश र सडक जाम जस्ता आन्दाेलनका कार्यक्रम ल्याएर आँखिरमा सरकारी निकाय मजदुरकाे तलब बढाउन र वस्नकाे लागि छाप्राे बनाउन जस्ता पाता दिन बाध्य भयाे ।

यस्तै भारत भरिछरिएर अनेक काम गर्न बाध्य नेपालीहरु ठगिने,लुटिने,जागिर नपाउने सम्स्याबाट कसरी मुक्त गर्ने साेच सहित क. माेहन बिक्रम सिंह लगायत ,जेलबाट छुटे पछि भारतमा प्रवासी जिवन विताउन बाध्य अन्य कमरेडहरु मिले, १९७९ मा गाेविन्दसिंह थापाकाे नेतृत्वमा नेकपा मसालले अखिल भारत नेपाली एकता समाजकाे गठन भयाे तर अव्वस्थित मजदुर र काम पनि एकै नाशकाे नहुँदा संगठित पार्न अति गाह्राे देखिन्थ्याे अर्काे पंञ्चायती शासनले पनि भारतमा काम गर्ने मजदुर सगठित हुन दिनु हुन्न भन्ने थियाे तर संगठन गनेन्दसिंह थापा,सी.पी. गजुरेल,हालका राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल,राजु नेपाली आदिकाे सम्लग्नतामा अखिल भारत नेपाली एकता समाज गठन गरियाे भने १९७७मा चण्डिगढमा इन्जिनीयरिङ् पढ्दै गरेका बाबुराम भट्टराइकाे संयाेजकत्वमा अखिल भारत नेपाली बिद्यार्थी संगठन पनि गठन गरिएकाे थियाे जाे पछि गएर अखिल भारत नेलाली एकतासंगै सहकार्यमा जुट्याे र भारमा काम गर्ने मजदुर हुन या अध्यन गर्न गएका बिद्यार्थी एक अर्काकाे समस्या र पीडामा एकजुट भएर जिउजान दिएर लागिपरे । याे संगठनले भारतमा मजदुरी गर्ने मजदुरले कामकाे दाैरान पाउने सास्ती मात्रै हाेइन देशकाे राजनीतिक परिवर्तनमा पनि बहुत ठुलाे भुमिका खेल्न सलफ भयाे । भने अखिल भारत नेपाली एकता समाजले

नयाँ दिल्लीमा ९/१०/११ सेप्टम्बर १९८२ मा अखिलभारत नेपाली एकता समाजकाे प्रथम राष्ट्रिय सम्मेलनकाे तयारी गर्दै गर्दा उता हिमाचलकाे ज्युरीमा युगान्तर युगधाराका प्रधान सम्पादक प्रकाशक तथा राजनीज्ञ प्रेम कैदी आउनु भए पछि हामीले उहाँकै सरसल्लाहमा हिमाचलका मजदुरलाई संगठित पार्नु पर्छ भन्ने निश्कर्श निकािेर हिमाचल प्रदेश राज्य स्तरिय नेपाली साँस्कृतिक संगठन खाेल्ने हेतुले संयाेजक समितिकाे तयारी गसेर १८ जुलाई १९८२ मा गठन गर्ने तयारी गरिरहेकै वेला हिसिला यमीज्युले सेप्टम्बर १९८२ मा दिल्लीमा हुन गैरहेकाे अखिल भारत नेपाली एकता समाजकाे पर्चा पम्प्लेट हुलाकबाट मेराे ठेगानामा पठाउनु भयाे र त्याे पर्चा पम्प्लेट ठाक्कै हामी प्रान्तीय संगठन खाेल्न जानु २घण्टा अगाडि मेराे हातमा पर्याे अनि ती पर्चा पम्प्लेट पढ्दा सारै राम्राे लाग्याे एउटा प्रान्तमा मात्रै किन पुरै भारत भरिका नेपालीलाई समेट्ने संगठन हुँदा हुँदै भनेर हामी पनि त्याे दिन अखिल भारत नेपाली एकतामा जुडिन पुग्या‌ैं शुरुका दिनमा तीनै नेपाली मजदुरे मजाक उडाए पनि विस्तारै संगठनमा आवद्ध हुँद‌ै गएर सबैकााे सहयाेग र लगनले याे संगठनले साेचे भन्दा पनि धेरै राम्राे काम गर्न सफल र सबै नेपालीमा अत्यन्त प्याराे भयाे । यी घटनाहरु यहाँ सम्बन्धित कसैकाे प्रसंसा र बढाइ चढाइ गर्न नभएर बिभिनन्न पेशा गरेर बाँच्नेहरुलाई संगठनले बलियाे,सुरक्षित,अनुशासित र कर्तव्य बाेध गराउदाे रहेछ भन्ने मेराे अनुभव र भाेगाइले सिकाएकाे बहुत ठुदाे पाठ हाे ? संगठनहरु बन्ध हाेइन सुव्यवस्थित , कर्तव्यनिष्ट बनाउनु पर्छ ?

द‌ैनिक अस्थाइ मजदुरी गरेर जीविका चलाउनेहरुलाई शहरबाट टाडा भगाएर उनिहरुकाे राेजी राेटी खाेस्ने काम गरिनु हुन्न,शहर सुन्दर बनाउने नाँउमा आम मेहनतकशकाे राेजी राेटी खाेसिनु हुन्न ? उनिहरुलाई शहरबाट बाहिर लगेर बसाल्ने ठाँउ पनि त नेपाल सरकार कै हाेला ? मेहनत गर्ने मजदुरलाई शहरबाट टाढा लखेटेर स्टार जिन्दगी जिउन दिए पनि उनिहरुले काम गर्ने समय पाएन भने मनाे विकृती बढ्ने सच्चाइकाे पनि जनताका अविभावक बन्न खाेज्ने प्रियहरुले बुझ्न र मनन गर्न जरुरी छ । वर्तमान सरकारमा पढेलेखेका,विद्वान,युवाहरुकाे ,राम्राे काम गर्न चाहनेहरुकाे बाहुल्यता छ भनिन्छ र प्राय: जसाेले प्रेमिकालाई प्रेमिले आकाशकाे जुनतारा झाडेर ल्याउन सक्छु भनेर भने जस्ताे नहाेस । जेन्जी आन्दाेलनकाे स्प्रिट ,उद्देश्य र भनाई वास्तवमा सही सावित गर्न सक्नु पर्छ वर्तमान सरकारले ।अहंकार त्याग्न सुध्रिन नसक्दा ह्वेल माछाहरु त कता पाखामा हराए भने ।विचार राम्राे भए पनि अनुभवहीनकाे जमात सावित नहाेस जेन्जी सरकार । पहिले कै सरकार जस्ताे याे सरकार पनि बेकार सावित नहाेस ! सुकुमवासीकाे गास बास कपास र अनाहकमा मारिएका या आत्महत्या गर्न बाध्य लाशकाे पनि ख्याल राखियाेस !

सम्बन्धित समाचार