गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

268 Shares

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको ‘कुस्ती’को फेरि नयाँ रिलिज डेट तोकिएको छ ।

पहिला यो फिल्मको प्रदर्शन मिति ०८२ सालकै भदौंलाई तोकिएको थियो । यस फिल्मका लागि मिरुना मगरले फिल्म ‘महाभोज’ छोडेकी थिइन् ।

‘महाभोज’ निर्माण पक्षले समय नमिलेकाले फिल्मबाट मिरुना टाढिएको बताएको थियो । यो चर्चा चल्दा उनी ‘कुस्ती’को छायाङ्कनमा थिइन् ।

‘महाभोज’ गत वर्षको जेठमै प्रदर्शनमा आयो । तथापि, उक्त फिल्म व्यापारिकरुपमा असफल भयो ।

यता मिरुनाले धिरज मगरसँग स्क्रिन सेयर गर्ने भनेको फिल्म ‘कुस्ती’ पनि भदौंमा प्रदर्शनमा आएन । त्यसयता यो फिल्म गुमनाम नै रह्यो ।

अहिले आएर यो फिल्म प्रदर्शन नहुने हो कि भन्ने अन्योल हटेको छ । निर्माण पक्षले सोमबार यो फिल्म असोज ९ मा प्रदर्शनमा आउने जानकारी दिएको छ ।

तर, प्रदर्शन मिति पहिलाको भन्दा एक वर्ष बढीले सरेको छ । यस फिल्ममा धिरज र मिरुनासँगे दिकिला लामा शीर्ष भूमिकामा छन् । अनिल योञ्जनको निर्माण र निर्देशनमा फिल्म तयार भएको हो ।

सम्बन्धित समाचार