आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

1.1k Shares

काठमाण्डौ - आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । 

आज कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागमा बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भागमा साधारणतया बादल लाग्नेछ । 

मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने तथा बेलुकापछि हावाहुरी चल्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ । 

यसअघि हिजो बेलुका र गएराति काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

सम्बन्धित समाचार